म्याग्दे । म्याग्दे गाउँपालिका वडा न २ मा हाते ट्याक्टर मर्मतसम्भार सम्वन्धि सीपमूलक तालिम सञ्चालन गरिएको छ। म्याग्दे गाउँपालिकाको आयोजनामा बिहीबारदेखि सञ्चालित तालिममा १२ जना सहभागी भएका छन् ।
गाउपालिकाका अध्यक्ष मायादेवी रानाले सिकेको सीपलाई व्यवहारमा लागू गर्दा आम्दानी गर्न सकिने बताइन् । गाउँपालिकाले कृषकलाई हाते ट्याक्टर वितरण गरेकाले मर्मत सम्वन्धि सीपमूलक तालिम दिएर सो विषयमा दक्ष बनाउन लागिएको उनले बताइन् ।
कृषि व्यवसायमा संलग्न तथा हाते ट्याक्टर भएका व्यक्तिहरूलाई व्यवसायमा सहज होस् भन्ने उद्धेश्यका साथ सीपमूलक तालिम छनौट गरिएको उद्योग शाखा प्रमुख प्रदिप न्यौपानेले जानकारि दिए । ट्याक्टरमा सामान्य समस्या आउँदा आफैले मर्मत सम्भार गर्न सकून् र टाढाबाट मिस्त्री ल्याएर मर्मत गर्नुपर्ने अवस्थाको अन्त्य गर्ने उद्धेश्य तालिमको रहेको न्यौपानेले बताए ।
तालिममा सहभागी प्रशिक्षार्थी विनाेद श्रेष्ठले तालिम पाएकामा खुशी व्यक्त गरे। शिवशिखर एग्रो प्रालि पोखराका दिनेश थापाले मर्मत सम्बन्धी सहजीकरण गरेका छन् ।
सर्वाधिकार सुरक्षित नोट ः यस खबरपुञ्ज डटकममा सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । प्रेषित समाचार अन्य सञ्चारमाध्यमले जस्ताको तस्तै साभार गरेको पाइएकाले स्रोत नखुलाई त्यसो नगर्न हुन अनुरोध गर्दछौं ।