दमाैली । रसुवा जिल्लामा अवस्थित प्रसिद्ध गाेसाइकुण्ड समुन्द्र सतहदेखि ४३८० मिटरकाे उचाइमा छ । गोसाइकुण्ड फराकिलो नीलो पानीको सरोवर हो । यसका वरिपरि अरू १०८ वटा कुण्ड रहेका छन् । जसमध्ये एउटा पार्वती कुण्ड रहेको छ भने मुख्य गोसाइकुण्डलाई चाहिँ शिवकुण्ड मानिन्छ ।
यहाँको प्राकृतिक वनावट र कुण्डहरूले नै यसलाई आकर्षक गन्तव्यस्थल बनाइदिएको छ । सत्ययुगमा समुद्रमन्थनपछि उत्पन्न हलाहल कालकूट विषले संसार दग्ध गर्न लागेकाले शिवले त्यसलाई सेवन गर्दा डाह भई जिउ शान्त बनाउन पार्वतीको माइत हिमालयतर्फ लागेका शिवले पहिले वेत्रावती र पछि नीलाद्रि पर्वतमा त्रिशूल गाडी पानी पिएका थिए । त्यतिले पनि शान्त नभएपछि उनी तीनधारेबाट बगेको पानीबाट निर्मित कुण्डमा शयन गरेका थिए । कुण्डमा अझै पनि शिव लेटिरहेको अवस्थामा देख्न सकिने विश्वास छ ।
गोसाइँकुण्डमा दशहरा र रक्षाबन्धनका बेला ठूलो मेला लाग्छ । यस वर्ष यही साउन १३ गते नागपञ्चमी (जनैपूर्णिमा) परेको छ । सो दिन स्नान र पूजाराधना गर्दा गोसाइँबाबालगायत सम्पूर्ण देवदेवताको दर्शन मिल्ने धार्मिक विश्वास छ ।
यतिबेला गाेसाइकुण्ड हिँउँले ढाकिएकाे छ । तस्वीरमा हेराै हिँउँले ढकमक्क गाेसाइकुण्ड : (तस्वीर : कृष्ण न्याैपाने)