पाेखरा । पोखरामा आइतबार दिउँसो १ बजेपछि वर्षा भइरहेको छ । भीषण वर्षासहितको असिनाले गर्दा गुडिरहेका सवारी सडकको बीचमै फसेका थिए ।
पोखराको चिप्लेढुङ्गा, महेन्द्रपुल, नयाँबजारसहित विभिन्न भागमा असिनाले सवारी गुड्नै असहज भएको थियो । अहिले वर्षा भइरहे पनि असिना पग्लेकाले आवागमनमा समस्या भएको छैन ।
भिडिओ : कुशल भण्डारी