काठमाडाै । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले राजनीति भेटघाटलाई तीब्रता दिएका छन्। एमसिसी परियोजनाका कारण सत्ता गठबन्धनमा नै खटपट देखिन थालेपछि पौडेलले गठबन्धनका शीर्ष नेतासँग भेटवार्ता अघि बढाएका हुन्। उनले जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवसँग आज भेटवार्ता गरेका छन्।
आज ३ बजे नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग पौडेलले भेट्दैछन् भने आज नै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। प्रचण्ड र नेपालले एमसिसीको पक्षमा नभएको बताएका छन् भने यादवले अझै आधिकारिक धारणा राखिसकेका छैनन्।
सत्ता गठबन्धन जोगाउने र एमसिसी परियोजना पारित गर्ने विषयमा पौडेलले शीर्ष नेताहरुसँग भेटवार्ता अघि बढाएका हुन्। प्रधानमन्त्री शेरबहादुर देउवाले आज कांग्रेस शीर्ष नेताहरुलाई छलफलका लागि बालुवाटार बोलाएका छन्।