श्रममन्त्री श्रेष्ठको पहलमा दुई महिनादेखि दिल्लीमा अलपत्र महिलाको उद्धार
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    श्रममन्त्री श्रेष्ठको पहलमा दुई महिनादेखि दिल्लीमा अलपत्र महिलाको उद्धार

    खबरपुञ्ज संवाददाता

    ८ फाल्गुन २०७८, सोमबार

     काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठको पहलमा दुईमहिनादेखि भारतको नयाँ दिल्लीमाअलपत्र एक महिलाको उद्धार गरिएको छ । पैसा कमाउने लोभलेदलाललाई २ लाख २० हजार रुपैयाँ बुझाएर भारतको नयाँदिल्ली हुँदै खाडी मुलुक युएई जान हिंडेकी मोरङ सुन्दरहरौंचाकी ३२ बर्षीया महिलाको दुई महिनापछि उद्धार गरिएको हो । 

    उर्जेन लामा नाम गरेका व्यक्तीले वैदेशिक रोजगारीको प्रलोभनमाभारतको नयाँदिल्ली पुर्याएको र त्यहाँबाट पर्यटन भीसामा दुबई लैजाने बताएपनि झण्डै दुई महिनासम्म अलपत्र पारेपछि उनले उद्धारका लागिश्रममन्त्रीको सचिवालयमा रहेको गुनासो सेन्टरमा खवर गरेकी थिइन् । उनले लामो समय बन्धकजस्तै भएको र उपचार समेत नपाएको गुनासो गरेकी थिइन् । 

    मन्त्री श्रेष्ठले नयाँ दिल्ली स्थित नेपाली दुतावास तथा प्रहरीको सहयोगमा उद्धारका लागि पहल गर्नुभएको थियो । स्थानीय एजेन्ट शम्भु लामालाई प्रहरीले नयाँदिल्लीमा पक्राउ गरी उनको रकम फिर्ता गराएको थियो । दिल्ली महिला आयोगको सहयोगमा बेचबिखन विरुद्ध कार्यरत संस्था ‘आफन्त नेपाल’ले उनलाई उद्धारपछि सेल्टरमा राखेको थियो । उद्धार गरिएकी महिलाले सोमवार मन्त्री श्रेष्ठलाई भेटी दलाललाई कारवाही गर्न माग गरिन् । प्रहरीले लामाको खोजी गरिरहेको छ । 

    २०७२ सालमा नेपाली महिलालाई घरेलु कामदारका रूपमा खाडी मुलुक जान रोक लगाइएपछि दलालहरूले ग्रामीण भेकका अशिक्षित महिलालाई विभिन्न प्रलोभनमा भारत पुर्याउने र त्यहाँबाट खाडीलगायत देशमा पठाउनेगरेको पाइएको छ । अहिले लाखौं महिला भारतीय बाटो हुँदै विदेशिन बाध्य छन् । महिलाहरूलाई विदेश पुग्ने क्रममा हुने दुःख र उत्पीडनबाट जोगाउन विद्यमान नीतिमा परिवर्तन जरुरी देखिएको मन्त्री श्रेष्ठको भनाइ छ ।