दमाैली । आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचन हुने निश्चित भएपछि जिल्लामा राजनीतिक दलका निर्वाचन केन्द्रित कार्यक्रम सुरु हुन थालेका छन् । मुख्य राजनीतिक दलका नेताबीच निर्वाचनका लागि रस्साकस्सी सुरु भइसकेको छ ।
राजनीतिक दलभन्दा बाहिर रहेर व्यासका एक युवाले भने स्वतन्त्र रुपमा वडाध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन् । व्यास नगरपालिका–१० वैरेनीका युवा सागर घिमिरेले सोही वडाको अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । परिवर्तनका लागि युवाको आवश्यकता रहेकाले वडाध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेको उनले बताए ।
“जनताको समस्या र सपना संकलन गरेर अगाडी बढ्ने प्रतिबद्धता व्यक्त गर्दछु,” उनले भनेका छन् ।