लायन्स लियोले शेराटारमा स्वास्थ्य शिविर गर्ने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    लायन्स लियोले शेराटारमा स्वास्थ्य शिविर गर्ने

    खबरपुञ्ज संवाददाता

    १० फाल्गुन २०७८, बुधबार

    दमौली । लायन्स क्लब अफ तनहुँ र लियो क्लब अफ तनहुँको संयुक्त आयोजनामा बन्दीपुर गाउँपालिका-३ शेराटारस्थित शिव माविमा स्वास्थ्य शिविर गर्ने भएको छ।

    दमौलीस्थित सिटी जनरल अस्पतालको प्राविधिक सहयोगमा शनिबार निशुल्क स्वास्थ्य शिविर हुन लागेको हो ।

    शिविरमा मधुमेह परीक्षण, ऑखा परीक्षण, रक्त समूह परीक्षण गरिनुका साथै निशुल्क औषधि समेत वितरण गरिने लियो क्लवका अध्यक्ष सुनिल मिश्रले जानकारी दिए । ऑखा परीक्षणका क्रममा मोतियाविन्दु भएमा निशुल्क शल्यक्रियाको व्यवस्था मिलाइनेछ।