काठमाडौ । आइतबार खुमलटारमा बसेको नेकपा माओवादी केन्द्रको बैठकले व्याख्यात्मक टिप्पणीसहित एमसीसी अनुमोदन गर्ने निर्णय गरेको छ । सत्ता गठबन्धनमा एमसीसी बारेको विवादित थियो ।
आइतबार बिहान प्रचण्डको निवास खुमलटारमा बसेको बैठकले भने एमसीसी पास गर्न निर्णय गरेको छ । माओवादी केन्द्रको यो निर्णयसँगै संसदमा टेबल भएको एमसीसी पारित हुने सम्भावना बढेको छ ।