दमौली । नायक पल शाह विरुद्ध तनहुँ जिल्ला अदालतबाट सात दिनको म्याद थप गरिएको छ । जबरजस्ती करणीको अभियोगमा तनहुँ प्रहरीले शाह विरुद्ध आइतबार अदालतबाट म्याद थप गरेको हो ।
प्रहरीले शाहलाई ३:३० बजे अदालत पुर्याएको थियो । घटना सम्बन्धमा अनुसन्धान प्रकृया अगाडी बढेको प्रहरी नायब उपरिक्षक युवराज खड्काले जानकारी दिए । “सात दिनको म्याद थपिएको छ, हिरासतमा राखेर अनुसन्धान अगाडी बढाउँछौ,” उनले भने ।
शाहले आइतबार १२:११ बजे तनहुँ प्रहरी कार्यालयमा आत्मसमपर्ण गरेका थिए । त्यस अगावै शाहले प्रहरीमा उपस्थित हुने बताएका थिए ।
प्रहरीले अधिकतम २५ दिनसम्म शाहलाई हिरासतमा राखेर अनुसन्धान गर्न पाउँछ ।