देवघाटका वडाध्यक्ष आलेको भिरबाट खसेर मृत्यु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    देवघाटका वडाध्यक्ष आलेको भिरबाट खसेर मृत्यु

    खबरपुञ्ज संवाददाता

    १४ फाल्गुन २०७८, आईतवार

    दमाैली । तनहुँको देवघाट गाउँपालिका–३ का वडाध्यक्ष किर्तीमान आलेको भिरबाट खसेर मृत्यु भएको छ । वडा कार्यालयबाट घर फर्किने क्रममा भिरबाट खसेर वडाध्यक्ष आलेको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    बिहीबार वडा कार्यालय सकेर घर फर्किदै गरेका आलेको भिरबाट खसेको अवस्थामा आइतबार शव फेला परेको इलाका प्रहरी कार्यालय देवघाटका प्रहरी नायब निरीक्षक एकनारायण पोख्रेलले जानकारी दिए । उनका अनुसार वडाध्यक्षकाे शव भिरबाट तल ३०÷४० मिटर तल भेटिएकाे थियाे ।

    वडाध्यक्ष आले बिहीबारदेखि घर नफर्किएको परिवारलाई उद्धृत गर्दै प्रहरी नायब निरीक्षक पोख्रेलले बताए । “वडा कार्यालयबाट निस्किएपनि उहाँ बिहीबारदेखि घर पुग्नुभएको रहेनछ, आज भिरबाट लडेको अवस्थामा शव भेटियो,” उनले भने ।

    वडाध्यक्ष थापा विसं २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेपाली काङ्ग्रेसबाट निर्वाचित भएका थिए ।