शङ्कास्पद वस्तु नेपाली सेनाद्वारा निस्कृय
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    शङ्कास्पद वस्तु नेपाली सेनाद्वारा निस्कृय

    खबरपुञ्ज संवाददाता

    १५ फाल्गुन २०७८, सोमबार

    दमाैली । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका–१ मुुसेखोलामा साेमबार बिहान फेला परेको शङ्कास्पद वस्तु नेपाली सेनाले निस्कृय पारेको छ । नेत्रविक्रम चन्द नेतृत्वको नेकपा लगायतका पार्टीको आह्वानमा गरिएको नेपाल बन्दका क्रममा राजमार्ग छेउमा भेटिएको शङ्कास्पद वस्तु चापाघाटस्थित कालीभञ्जन गण (इ) का सेनाले निस्कृय पारेको हो ।

    उक्त वस्तु बम नभएको प्रहरीले जनाएको छ । प्लाष्टिकले बाँधेर सर्वसाधारणलाई तर्साउनका लागि उक्त वस्तु राखिएको प्रहरी नायब उपरिक्षक युवराज खड्काले जानकारी दिए।

    नेपाल बन्दको प्रभावमा जिल्लामा आंशिक रुपमा परेको छ । यातायातका साधनलाई प्रहरीले सुरक्षा दिएर सञ्चालन गरिरहेको छ । बजार क्षेत्र भने बन्द छ । औषधि, तरकारी, फलफूल लगायतका अत्यावश्यक पसल खुल्ला छन् । जिल्लामा हालसम्म कुनै अप्रिय घटना नघटेको प्रहरीले जनाएको छ ।