दमाैली । एमसिसी प्रकरणमा पार्टीले जनतालाई धोका दिएको भन्दै वाइसिएल तनहुँ जिल्ला कमिटी सदस्य नविन श्रेष्ठले पार्टी परित्यागको घोषणा गरेका छन् । सुरुदेखि नै एमसिसीको विपक्षमा रहँदै आएको पार्टीले अन्तिममा सत्ता जोगाउन एमसिसीमा सम्झौता गरेको भन्दै श्रेष्ठले पार्टी परित्यागको घोषणा गरेका हुन् ।
“पार्टीले जनताको मागलाई वेवास्ता ग¥यो, सारा जनता एमसिसीको विपक्षमा हुँदाहुँदै पनि पार्टीले सत्तालाई प्राथमिकतामा राखेकाले पार्टी छाड्ने निर्णयमा पुगेको हुँ,” उनले खबरपुञ्ज डटकमसँग भने । नेकपा माओवादी केन्द्र म्याग्दे १ का उपाध्यक्ष रहेका श्रेष्ठ वाइसिएल म्याग्देका पनि उपाध्यक्ष हुन् ।