


दमौली । तनहुँमा कार्यरत काशीराज पण्डित र बामदेव पौडेल नेपाल निजामति कर्मचार युनियनको आसन्न महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवार बन्ने भएका छन् । युनियनको महाधिवेशन फागुन २१ देखि २३ सम्म काठमाडौमा हुँदैछ ।
डिभिजन वन कार्यालय तनहुँका सहायक वन अधिकृत पण्डित गण्डकी प्रदेशतर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवार बन्न लागेका हुन् । निजामति कर्मचारीको हकहितका लागि आफू सदैव क्रियाशील हुने पण्डितले बताए ।
खानेपानी तथा सरसफाई डिभिजन कार्यालय तनहुँका इन्जिनियर पौडेलले पनि इन्जिनियरिङ सेवातर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिने भएका छन् ।
नेपाल निजामति कर्मचारी संघ तदर्थ समिति कास्कीका संस्थापक सदस्य रहेका उनी तनहुँबाट महाधिवेशन प्रतिनिधि हुन् ।