च्यवनधाम भजनमा मातृकेश्वर प्रथम
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • शुक्लागण्डकी

    च्यवनधाम भजनमा मातृकेश्वर प्रथम

    खबरपुञ्ज संवाददाता

    १६ फाल्गुन २०७८, मंगलवार

    दुलेगौडा । शुक्लागण्डकी–२ गाछेपानीस्थित शुक्लागण्डकी मुक्तिनाथ च्यवनधाम मन्दिरमा आयोजना गरिएको भजन प्रतियोगितमा मातृकेश्वर भजन समूह कास्की प्रथम भएको छ । महाशिवरात्री पर्वका अवसरमा आयोजना गरिएको प्रतियोगितमा कास्कीकै पञ्चासे भजन समुहले दोस्रो र ढकाल दाजुभाई भजन समुह शुक्लागण्डकीले तेस्रो स्थान हासिल गरे ।

    भुलभुले बाराही भजन समुह शुक्लागण्डकी – २ चाैथाे हुन सफल भयो। प्रथम, द्वितीय, तृतीय र चौथो हुन सफल भजन समुहहरूले क्रमशः ५१ हजार, ३१ हजार, १६ हजार र पाँच हजार पुरस्कार प्राप्त गर्न सफल भए । ११ समुहले सहभागिता जनाएको प्रतियोगितामा वरिष्ठ लोक तथा दोहोरी गायक प्रजापति पराजुली, भजन स्रष्टा गायत्री पराजुली र भजन गायक तेजेन्द्र दुरा निर्णायकको भूमिकामा थिए ।


    महाशिवरात्री पर्वको वसरमा च्यवनधाममा शिवध्वनी पुजन, सामुहिक ब्रतबन्ध, दिप प्रज्वलन लगायतका धार्मिक अनुष्ठानहरू गरिएको आयोजकले जानकारी दिएको छ।