पेट्राेल, डिजेल र मट्टितेलमा एकैपटक पाँच रुपैया मूल्यवृद्धि
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आर्थिक

    पेट्राेल, डिजेल र मट्टितेलमा एकैपटक पाँच रुपैया मूल्यवृद्धि

    खबरपुञ्ज संवाददाता

    १८ फाल्गुन २०७८, बिहीबार

    काठमाडाै । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर ५ रुपैयाँ बढाउने निर्णय गरेको छ । यससँगै पेट्रोलको मूल्य प्रतिलिटर १५० रुपैयाँ पुगेको छ भने डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर १३३ रुपैयाँ पुगेको छ।  

    पेट्रोल तथा डिजेलको यो मूल्य अहिलेसम्मकै उच्च हो । यस्तै, निगमले हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर १० रुपैयाँ मूल्य बढाएको छ । अन्तर्राष्ट्रियतर्फ हवाई इन्धनकाे मूल्य प्रतिकिलाेलिटर १ सय डलर बढेको छ । खाना पकाउने एलपी ग्यासको मूल्य भने ‍‍‍हाललाई यथावत् राखिएको निगमले जनाएको छ ।

    रुसले युक्रेनमाथि युद्ध सुरु गरेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढिरहेको छ । त्यसको असर नेपालमा पनि परेको हो । अन्तर्राष्ट्रय बजारमा कच्चा तेलको मूल्य बिहीबार प्रतिब्यारेल १ सय १७ डलरसम्म पुगेको थियो । त्यस्तै, डलरको बिनियम दर पनि बढेको छ । डलरको मूल्यले पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्यमा असर पार्छ । बिहीबार एक डलर बराबर १२१.४३ रुपैयाँ बिनिमयदर ताेकिएको छ।