दमौली । सामुदायिक विद्यालयमा छात्रा नियमित गराउने उद्देश्य सहित टिम नेपो तनहुँले एक विद्यालयलाई सेनेटरी प्याड वितरण गरेको छ । महिनाबारी हुँदा छात्रा नियमित विद्यालय नआउने अवस्थाको अन्त्यका लागि टिम नेपो तनहुँले व्यास नगरपालिका–५ नेपालटारस्थित जनजुक्त शाही माध्यमिक विद्यालयलाई सेनेटरी प्याड सहयोग गरेको हो ।
महिनाबारी भएको बेला छात्राहरु विद्यालय नआउने र त्यसले पठनपाठनमा असर पु¥याउने भएकाले विद्यालयलाई दुई सय थान प्याड उपलब्ध गराइएको संस्थाका अध्यक्ष मिन कुंवरले जानकारी दिए । कक्षा ८, ९ र १० मा अध्ययनरत छात्राहरुलाई प्याड सहयोग गरिएको छ ।
विद्यालयमा शुक्रबार एक कार्यक्रमको आयोजना गरी संस्थाले विद्यालयका अध्यक्ष अच्युतराज काफ्ले, प्रधानाध्यापक ज्ञानेन्द्र न्यौपाने मार्फत् विद्यार्थीलाई प्याड सहयोग गरेको छ । सेनेटरी प्याडले छात्राहरुलाई विद्यालयमा नियमित आउने वातावरण तयार गर्ने प्रधानाध्यापक न्यौपानेले बताए ।
कार्यक्रममा व्यास नगरपालिका–५ का वडाध्यक्ष मोहनकुमार श्रेष्ठले संस्थाले विगतदेखि नै सामाजिक काम गर्दै आएको बताउँदै सेनेटरी प्याडले छात्राको पठनपाठनमा सहयोग पुग्ने धारणा राखे ।