नेवार समुदाय राजनीतिभन्दा माथि उठ्न जरुरी छ : श्रममन्त्री श्रेष्ठ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    नेवार समुदाय राजनीतिभन्दा माथि उठ्न जरुरी छ : श्रममन्त्री श्रेष्ठ

    खबरपुञ्ज संवाददाता

    २० फाल्गुन २०७८, शनिबार

    भानु । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले नेवार समुदायले राजनीतिभन्दा माथि उठेर एकता देखाउनुपर्नेमा जोड दिएका छन् । नेवाः देय दवु भानु नगर समन्वय समितिको शनिबार भानु नगरपालिका–९ बाइसजाँगरमा आयोजित दोस्रो अधिवेशनको उद्घाटन गर्दै मन्त्री श्रेष्ठले नेवार समुदायको हकहितका लागि राजनीति गर्न नहुनेमा जोड दिए ।

    “नेवार समुदाय कोही नेपाली काङ्ग्रेसमा, कोही नेकपा एमालेमा, कोही नेकपा माओवादी केन्द्रमा आबद्ध छन्, तर नेवारको कुरा आउँदा सबै पार्टी छाडेर नेवारको पक्षमा लाग्नुपर्छ,” मन्त्री श्रेष्ठले भने, “आफ्नो समुदायको हकहितका लागि नेवारहरु एक हुनैपर्छ ।”

    मन्त्री पदमा रहँदासम्म आफूले नेवारको इज्जत राख्ने गरी काम गर्ने श्रेष्ठले प्रतिबद्धता व्यक्त गरे । श्रम मन्त्रालय निकै अप्ठ्यारो मन्त्रालय भएको चर्चा गर्दै श्रेष्ठले यहाँ भएका विकृति र विसङ्गति गर्ने अभियानमा लागिपरेको बताए । “किसान श्रेष्ठले श्रम मन्त्रालय सुधार्छ भन्ने विश्वासका साथ मलाई यो जिम्मेवारी दिइएको छ, जनताको भरोसालाई टुट्न नदिने गरी काम गर्नेछु,” श्रेष्ठले भने ।

    नेवार समुदाय सम्पन्न भएपनि मानसिकता अझै सम्पन्न हुन नसकेको आभाष भएको मन्त्री श्रेष्ठको भनाई थियो । श्रममन्त्री श्रेष्ठले विकासमा कसैलाई काखा र पाखा नगरी काम गरेको बताउँदै भने, “मलाई यो गाउँबाट भोट आयो की आएन भनेर हेरेको छैन, कसैलाई काखापाखा गरेको छैन, विकासमा सबैलाई समेट्ने प्रयास गरेको छु ।”