दमौली । व्यास नगरपालिकाले फागुन २८ गते हुने पॉचौ अल्ट्रा म्याराथनको तयारी सुरु गरेको छ । शहिद दिवस माघ १६ हुँदै आएको म्याराथन कोरोना कहरका कारण फागुन २८ गते हुँदैछ ।
म्याराथनको तयारी स्वरुप नगरपालिकाले व्यास-८ पुलिमराङमा शनिबार स्थानीयवासीसँग छलफल गरेको छ । म्याराथनको रुट अन्तरगतका बाटोको स्थलगत अनुगमन गरिनुका साथै म्याराथन सफल बनाउन स्थानीयसँग छलफल गरिएको व्यास-५ का वडाध्यक्ष एवं नगर खेलकुद विकास समितिका अध्यक्ष मोहनकुमार श्रेष्ठले जानकारी दिए। ।
मगर गाउँ व्यास-५ मानुङ र गुरुङ गाउँ व्यास-८ पुलिमराङलाई खेलकुदको माध्यमबाट जोड्ने उद्धेश्य सहित प्रत्येक वर्ष अल्ट्रा म्याराथन हुँदै आएको छ। ४४ किमि दूरी म्याराथनमा देशभरका धावकको सहभागिता रहँदै आएको छ ।