दमाैली । तनहुँको व्यास नगरपालिका–४ स्थित मुख्यचोकमा आइतबार भएको आगलागीबाट क्षति भएको विवरण सङ्कलनका लागि व्यास नगरपालिकाले समिति गठन गरेको छ । आगलागीबाट हार्डवेयरको गोदाम र व्यक्तिको घरमा भएको क्षतिको विवरण सङ्कलनका लागि नगरपालिकाले तीन सदस्यीय समिति गठन गरेको हो ।
नगरपालिकाका घरनक्सा शाखाका प्रमुख इन्जिनियर अमृत केसीको संयोजकत्वमा जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक कुमार गुरुङ र उद्योग वाणिज्य सङ्घ दमौली बजार इकाईका सचिव माधव न्यौपाने सदस्य रहेको समिति गठन गरिएको छ ।
गोदाम, व्यक्तिका घर लगायतमा भएको क्षतिको यथार्थ विवरण सङ्कलन गरी फागुन २६ गतेभित्र पेश गर्न समयावधि तोकिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देलले जानकारी दिए ।
आगलागीबाट भूपाल हार्डवेयर, ज्योति सप्लायर्स, क्या. बलराम राना, होमबहादुर गुरुङ, राममाया गुरुङ, लालबहादुर गुरुङ, चन्द्रमाया विक, दिपक श्रेष्ठको घरमा क्षति पुगेको छ ।