वरिष्ठ नेता पाैडेल भन्छन् : पार्टीलाई एकजुट बनाएर अगाडी बढ्नुको विकल्प छैन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    वरिष्ठ नेता पाैडेल भन्छन् : पार्टीलाई एकजुट बनाएर अगाडी बढ्नुको विकल्प छैन

    खबरपुञ्ज संवाददाता

    २२ फाल्गुन २०७८, सोमबार

    दमाैली । नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीलाई एकजुट बनाएर अगाडी बढ्नुको विकल्प नरहेको बताएका छन् । नेपाली काङ्ग्रेस बन्दीपुर गाउँसमितिले साेमबार डुम्रेमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ नेता पौडेलले स्थानीय तह निर्वाचन नजिकिदै गइरहेकाले पार्टीलाई सशक्त र एकजुट बनाउनुपर्नेमा जोड दिए ।

    “काङ्ग्रेस एकजुट भएमात्रै विपक्षीसँग प्रतिस्पर्धा गर्न सक्छौ, पार्टीभित्र भएका असमझदारीलाई हटाउँदै एकता कायम गर्नुपर्छ,” उनले भने “एकता नै नभए विपक्षीसँग प्रतिस्पर्धा गर्न सक्दैनौ ।” वरिष्ठ नेता पौडेलले जनताको सेवालाई मूल धर्म सम्झिएर कार्यकर्ता गाउँ–गाउँ पुगेर काङ्ग्रेसको प्रचार गर्नुपर्ने बताए ।

    वरिष्ठ नेता पौडेलले अहिले रहेको पाँच दलीय गठबन्धनलाई निरन्तरता दिनुपर्ने बताए। समावेशी संविधानका लागि एउटै पार्टीको बहुमत नआउने भएकाले गठबन्धन गरेर जाँदा काङ्ग्रेसलाई नै फाइदा पुग्ने धारणा व्यक्त गरे । “संविधान रक्षाका लागि पहिला गठबन्धन गरेका हौ, अब पनि गठबन्धनलाई निरन्तरता दिनुपर्छ,” उनले भने । काङ्ग्रेस जहाँ जहाँ कमजोर छ त्यहाँ गठबन्धन गर्दा काङ्ग्रेसलाई नै फाइदा पुग्ने उनकाे भनाई थियो ।

    No description available.
    No description available.

    वरिष्ठ नेता पौडेलले एमसिसीको बारेमा जनतामा फैलाइएको भ्रम चिर्न आवश्यक रहेको बताए । एमसिसी नेपालको गरिबी निवारणका लागि उपयोगी हुने उनले बताए ।

    वरिष्ठ नेता पौडेल आजै देवघाट गाउँपालिका–३ का वडाध्यक्ष स्व. किर्तिमान आलेको शोकसभामा सहभागी भएका थिए । वडाध्यक्ष आलेको भिरबाट खसेर मृत्यु भएको थियो । वरिष्ठ नेता पौडेल बन्दीपुरको झारगाउँमा आयोजित कार्यक्रममा पनि सहभागी भएका छन् ।

    No description available.

    साथै उनले व्यास नगरपालिका–४ मा आइतबार आगलागीबाट क्षति भएको स्थलको निरीक्षण गर्दै पीडित परिवारलाई सान्त्वना दिएका छन् ।