जन्मदिनमा खनालले गरे एक करोडको बीमा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    जन्मदिनमा खनालले गरे एक करोडको बीमा

    खबरपुञ्ज संवाददाता

    २२ फाल्गुन २०७८, सोमबार

    दमाैली । जन्मदिन मनाउने सबैको आ–आफ्नै तरिका हुन्छ । आजभोलि फरक–फरक तरिकाले व्यक्तिहरु जन्मदिन मनाइरहेका हुन्छन् । तर पोखरा निवासी कृष्णप्रसाद खनालले जीवन बीमा गरेर आफ्नो जन्मदिन मनाएका छन् ।

    खनाल कल्सटेन्सीका प्रमुख कार्यकारी अधिकृत खनालले रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेड दमौली शाखामा जन्मदिनको अवसरमा एक करोडको जीवन बीमा गरेका छन् । कम्पनीको सेवासुविधा मन पराएर जीवनको आर्थिक सुरक्षाका लागि बीमा गरेको खनालले बताए ।

    सोमबार खनालको घरमै पुगेर कम्पनीका दमौली शाखा प्रमुख जगदीश काफ्लेले पोलिसी हस्तान्तरण गरेका छन् । आजभोलि जन्मदिन, वैवाहिक वर्षगाँठ लगायतको अवसर पारेर जीवन बीमा गर्नेको सङ्ख्या बढेको काफ्लेले बताए ।