दुलेगौडामा ३६ युनिट रगत संकलन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    दुलेगौडामा ३६ युनिट रगत संकलन

    खबरपुञ्ज संवाददाता

    २४ फाल्गुन २०७८, बुधबार

    दुलेगौँडा । दुलेगौँडामा आयोजना गरिएको रक्तदान कार्यक्रममा ३६ युनिट रगत संकलन भएको छ । ११२ औँ अन्तरािष्ट्रय नारी दिवसको सन्दर्भमा महिला पतञ्जली योग समिति तनहुँले बुधबार शुक्लागण्डकी नगरपालिका–४ दुलेगौँडास्थित विपिचोकमा रक्तदान कार्यक्रम गरेको हो ।

    कार्यक्रममा जनप्रतिनिधिदेखि सर्वसाधारण सहभागी भएर रक्तदान गरे । शुक्लागण्डकी नगरपालिकाकी उपमेयर सविता रसाईलीले पनि रक्तदान गरिन् । उनले खेर जाने रगत दान गर्दा कसैको जिवन बाँच्ने भएकाले रक्तदानमा सहभागि भएको बताईन् । रक्तदान गर्न पाउदाँ आफुलाई सन्तृष्टि मिलेको बताइन् ।

    शुक्लागण्डकी नगरपालिका–८ का वडाध्यक्ष कृष्ण रेग्मी पनि कार्यक्रममा सहभागी भएर रगतदान गरे । रगतदान पुण्य काम भएको उनको भनाई छ ।

    केहीले कार्यक्रममा सहभागी भएर जीवममा पहिलोपटक रक्तदान गरे । रक्त सञ्चार केन्द्र रामघाटको प्राविधिक सहयोगमा कार्यक्रम भएको हो । रगत अभावलाई पूर्ति गर्न कार्यक्रम आयोजना गरेको पतञ्जली योग समिति तनहुँकी प्रभारी पार्वती पौडेलले बताईन् । पतञ्जली योग समिति नेपालले अनिवार्य रुपमा रक्तदान कार्यक्रम गर्नलाई निर्देशन गरेको थियो ।