खोप लगाउन छुटेकालाई अब व्यासमा प्रत्येक आइतबार खोप
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    खोप लगाउन छुटेकालाई अब व्यासमा प्रत्येक आइतबार खोप

    खबरपुञ्ज संवाददाता

    २६ फाल्गुन २०७८, बिहीबार

    दमौली । व्यास नगरपालिकाले कोभिड-१९ विरुद्धको खोप लगाउन छुटेकालाई अब प्रत्येक आइतबार खोप लगाउने भएको छ । यसअघिका विभिन्न चरणमा खोप लगाउन छुट भएकाहरुलाई नगरपालिकाले प्रत्येक आइतबार खोप लगाउने व्यवस्था मिलाएको हो ।

    आइतबार बिहान ११ देखि दिउँसो ३ बजेसम्म खोप लगाइने स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतीले जानकारी दिए। पहिलो, दोस्रो र थप मात्रा लगाउन छुट भएका सबैलाई खोप लगाइने उनले बताए । “नगरपालिकाका अधिकांशले खोप लगाइसकेका छन्, सबैलाई खोपको पहुँचमा ल्याउन छुटेकालाई हप्ताको एकदिन खोप अभियान सञ्चालन गरेका छौ,” उनले भने ।