भूपू सैनिकको परामर्श केन्द्र व्यवस्थित बनाइयो
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    भूपू सैनिकको परामर्श केन्द्र व्यवस्थित बनाइयो

    खबरपुञ्ज संवाददाता

    २६ फाल्गुन २०७८, शुक्रबार

    दमौली । नेपाल भूतपूर्व सैनिक क्लव दमौलीद्वारा सञ्चालित पेन्सन सम्बन्धि परामर्श सेवा केन्द्र व्यवस्थित बनाइएको छ । व्यास-३ तरकारी लाइनमा सञ्चालनमा रहेको परामर्श केन्द्रलाई व्यवस्थित बनाइएको हो ।

    यसअघि जीर्ण रहेको केन्द्रको भवन व्यास नगरपालिकाको आर्थिक सहयोगमा व्यवस्थित बनाइएक क्लवका अध्यक्ष क्या. तारालाल मल्लले जानकारी दिए । व्यास नगरपालिकाको दुई लाख र क्लवको एक लाख गरी तीन लाखको लागतमा भवनलाई व्यवस्थित बनाइएको छ। “भवन जीर्ण भएर छानो चुहिने भएको थियो, अब व्यवस्थित भएको छ,” उनले भने ।

    परामर्श केन्द्रमा पेन्सन सम्बन्धि समस्या लिएर आउनेहरुलाई सहयोग गर्दै आइरहेको छ।