दमौली । नेपाल इन्जिनियिरङ एशोसिएसनको केन्द्रीय सदस्यमा व्यास नगरपालिकाका वरिष्ठ इन्जिनियर रवीन्द्रलाल मूल निर्वाचित भएका छन् । एशोसिएसनको दोस्रो अधिवेशनबाट मूल केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन् । उनी गण्डकी प्रदेशतर्फबाट केन्द्रीय सदस्यका उम्मेदवार थिए ।
यसैगरी एशोशिएसनको गण्डकी प्रदेश सहसचिवमा दमौली निवासी सुवर्ण श्रेष्ठ निर्वाचित भएका छन् ।
एशोसिएसनको निर्वाचनमा लोकतान्त्रिक समूहका उम्मेदवारले जित हासिल गरेका छन् ।