दमौली । तनहुँको ऑबुखैरेनी गाउँपालिका-२ ऐनापहरामा आइतबार भएको दुर्घटनामा एकै टोलका तीनको मृत्यु भएपछि उक्त टोल शोकमा डुबेको छ । मुग्लिङबाट ऑबुखैरेनीतर्फ आउँदै गरेको ग२ख ३०७ नम्बरको बस र विपरित दिशाबाट जॉदै गरेको ग३च ६०१२ नम्बरको टाटा सुमो ठक्कर खॉदा टाटा सुमोमा सवार शुक्लागण्डकी नगरपालिका-८ गणेशटोलका तीनको मृत्यु भएको हो ।
दुर्घटनामा एकै टोलका तीनको मृत्यु भएपछि सिङ्गो वडा शोकमा परेको वडाध्यक्ष कृष्णप्रसाद रेग्मीले बताए। दुर्घटनामा उक्त टोल निवासी रुद्रबहादुर सेन ठकुरी, लक्ष्मी खॉड ठकुरी र ओमप्रकाश गुरुङ (सोम) को मृत्यु भएको छ।
मृतकमध्ये रुद्रबहादुर नेपाली काङ्ग्रेस तनहुँका पूर्व सदस्य हुन् भने लक्ष्मी क्रियाशील सदस्य हुन् । ओमप्रकाश टाटा सुमोका धनी एवं चालक हुन् ।
दुर्घटनामा दश जना घाइते भएकामा सबै खतरामुक्त रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।