दमौली । कृषि ज्ञान केन्द्र तनहुँमा कार्यरत विजयकुमार श्रेष्ठ नेपाल निजामति कर्मचारी संगठनको केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । संगठनको काठमाडौमा सम्पन्न ११ औ अधिवेशनबाट श्रेष्ठ केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन् ।
श्रेष्ठ जनजातितर्फबाट केन्द्रीय सदस्यमा निर्वाचित भएको संगठनका तनहुँ अध्यक्ष रुद्र ठकुरीले जानकारी दिए ।