दमौली । कपडा तथा सिलाई व्यवसायी संघ तनहुँको अध्यक्षमा रामबहादुर गुइदेल चयन भएका छन । संघको दमौलीमा सम्पन्न प्रथम अधिवेशनबाट गुइदेलको अध्यक्षतामा ११ सदस्यीय समिति चयन भएको हो।
अधिवेशनबाट उपाध्यक्षमा राजेन्द्र कुमार परियार, सचिवमा मन बहादुर रतन, सहसचिवमा अन्जान परियार, कोषाध्यक्षमा पदमराज परियार, सदस्यहरुमा बसन्ती श्रेष्ठ, शिव बहादुर परियार, विनिता श्रेष्ठ, विमला नेपाली, दिनेश घले र रमेश अर्याल चयन भएका छन।
कार्यक्रममा नेपाल कपडा तथा सिलाई व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष रामकृष्ण श्रेष्ठले व्यवसायीले सीप वृद्धि गरी आफूलाई दक्ष बनाउनुपर्ने बताए ।
केन्द्रीय सदस्य एवं गण्डकी प्रदेश संयोजक किसान सेवाले व्यवसायमा सबैभन्दा सम्मानित पेसा कपडा सिलाई भएको उल्लेख गर्दै नियमभित्र रहेर व्यवसाय सञ्चालन गर्नुपर्ने बताए ।
कार्यक्रममा राष्ट्रिय फेसन डिजाइनर प्रशिक्षक कृष्ण कुमारी अधिकारी, संघका प्रदेश सदस्यहरु नरेन मित्रकोटी, ममता बस्याल, राष्ट्रिय सीप विकास तनहुँका संयोजक रमेश सेवा, अन्जान परियार लगायतले मन्तव्य राखेका थिए ।
कार्यक्रममा तीन दिने फेसन डिजाइनर तालिमका सहभागीहरुलाई प्रमाण पत्र वितरण गरिएको थियो। सोही अवसरमा संघका संस्थापक अध्यक्ष भेगराम परियार र प्रशिक्षक कृष्णकुमारी अधिकारीलाई सम्मान गरिएको थियो ।