दमाैली । तनहुँको घिरिङ गाउँपालिका–१ पुट्टारका एक युवा भारतबाट नेपाल फर्किने क्रममा बाटोबाट बेपत्ता भएका छन् । २१ वर्षीय मोहन थापाको भारतबाट अहमदावादबाट नेपाल फकिने क्रममा फागुन २१ गतेदेखि बेपत्ता भएका हुन् ।
भारतको कानपुरसम्म आइपुग्दा थापा परिवारको सम्पर्कमा रहेपनि त्यसपछि सम्पर्कविहिन भएको स्थानीयवासी समेत रहेका नेकपा एमाले तनहुँका नेता विष्णुभक्त सिग्देलले जानकारी दिए ।
थापा अहमदावादबाट रेलमार्फत् फर्किदै गरेका थिए । फागुन २१ गते कानपुर बस स्टेशनबाट नेपाल आउनका लागि पाँच बजेको टिकट काटेपनि उनी त्यसपछि सम्पर्कविहिन भएको परिवारले जनाएको छ । पाँच फिट पाँच इन्च, गहुगोह्रो वर्णका थापालाई कसैले देखे सम्पर्क गरिदिन उनको परिवारले आग्रह गरेको छ ।