दमौली । तनहुँको बन्दीपुरस्थित टुँडिखेलबाट खसेर बुधबार एक किशोरको मृत्यु भएको छ । मृत्यु हुनेमा बन्दीपुर गाउँपालिका–२ हल्थुम बस्ने १७ वर्षीय कृजन गुरुङ रहेको प्रहरीले जनाएको छ ।
बुधबार साँझ टुँडिखेलको भिरबाट खसेर उनको मृत्यु भएको हो । टँुडिखेलमा लगाइएको रेलिङ भत्किएर तीन सय मिटर तल खसेका उनलाई घाइते अवस्थामा उद्धार गरी बन्दीपुर अस्पताल पु¥याइएकामा अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घटनासम्बन्धमा अनुसन्धान भइरहेको छ ।
उनी भानु माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत थिए।
बन्दीपुर गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले घटनाले आफूहरुलाई स्तब्ध बनाएको भन्दै गुरुङप्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन् ।