कनकटारमा याेग जागरण कार्यक्रम
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    कनकटारमा याेग जागरण कार्यक्रम

    विवि श्रेष्ठ

    ३ चैत्र २०७८, शुक्रबार

    दमाैली । पतन्जली योग समिति, युवा नेपाल समितिको समन्वय र कनकटार टोल विकास संस्थाको आयोजनामा एक दिवसीय योग जागरण कार्यक्रम सम्पन्न भएको छ ।

    योग जागरण कार्यक्रममा योगगुरु लवदेव गुरुले योगको महिमाका बारेमा प्रकाश पारेका थिए । शरीरमा रहने विभिन्न अंगको सम्बन्ध शरीरका विभिन्न तन्तुसँग रहेको हुँदा योगको माध्यमबाट समाजमा सुख र शान्ति प्राप्त गर्न सकिने उनले बताए।

    पाैराणिककालदेखि नै योगको सुरुआत भएतापनि यसको निरन्तरता नहुँदा आम मानव जाति दुखको संसारमा फसेको उनकाे भनाई थियाे ।

    व्यास नगरपालिकाका प्रमुख वैकुष्ठ न्यौपानेले योग जागरण अभियानले स्वस्थ बन्न सहयाेग पुग्ने बताए । योगको बारेमा सचेतना जगाउन नगरपालिकाले सहयाेग गर्ने उनले बताए ।

    कनकटार टोल विकास संस्थाका उपाध्यक्ष सृजना न्यौपानेको अध्यक्षतमा सम्पन्न भएको उक्त कार्यक्रम संस्थाका सचिव रोशन खनालले संचालन गरेका थिए ।