दमौली । नेपाली कांग्रेस तनहुँले स्थानीय तहको निर्वाचन लक्षित गरी सबै पालिका र क्षेत्रमा सम्मेलन गर्ने भएको छ । ‘घर घर जाऔ कांग्रेस जिताऔ’ अभियान अन्तरगत दश पालिका, दुई क्षेत्र र चार प्रदेश क्षेत्रमा सम्मेलन हुने कांग्रेस तनहुँले जनाएको छ ।
क्षेत्र नम्बर १ को आयोजनामा चैत ९ गते दमौलीमा र क्षेत्र नम्बर २ को आयोजनामा चैत ७ गते भिमादमा सम्मेलन हुने जिल्ला सचिव लक्ष्मीभक्त खनालले जानकारी दिए ।
चैत ८ गते एकैदिन प्रदेश सभा क्षेत्रमा सम्मेलन हुनेछ । १(क) को दमौली, १(ख) को डुम्रे, २(क) को खैरेनीमा र २(ख) को घिरिङमा सम्मेलन हुनेछ ।