महिला प्रहरीको हत्याका दोषीमाथि कडा कारबाही हुन्छ – प्रधानमन्त्री देउवा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    महिला प्रहरीको हत्याका दोषीमाथि कडा कारबाही हुन्छ – प्रधानमन्त्री देउवा

    खबरपुञ्ज संवाददाता

    ६ चैत्र २०७८, सोमबार

    मोरङ । प्रधानमन्त्री शेरबहादुर देउवाले लेटाङ नगरपालिकामा भएको घटनाका दोषीमाथि कारबाही हुने बताएका छन्।

    मोरङको सुन्दरहरैंचा नगरपालिकाको कार्यक्रममा सरिक भएका प्रधानमन्त्री देउवाले महिला सुरक्षाकर्मीको मृत्यु हुने गरी भएको घटनामा दोषीमाथि कडा कारबाही गरिने बताएका हुन्।

    आइतबार नगरपालिकाको खेरुवामा अवस्थित विद्यालयमा हिंसा भड्किँदा सुरक्षाका लागि पुगेका प्रहरीमाथि आक्रोशित भीडले आक्रमण गरेको थियो। सो क्रममा धारिलो हतियार प्रगोग गरी महिला प्रहरी जवान उर्मिला श्रेष्ठको हत्या भएको थियो।

    त्यसैगरी प्रधानमन्त्री देउवाले नगरपालिकाको सलकपुरमा नगर भवनको शिलान्यास गर्दै स्थानीय तहको निर्वाचनमा आंशका नगर्न आग्रह गरे। निर्वाचन निर्धारित मितिमा हुने बताएका प्रधानमन्त्री देउवाले भने, ‘निर्वाचन गर्ने काम निर्वाचन आयोगको हो। त्यसमा सरकारले पूरापूर सहयोग गर्नेछ। आयोग पनि निर्वाचन गराउन कटिबद्ध रहेको छ। निर्वाचन ढिला गर्ने मानसायमा सरकार छैन। निर्वाचन सर्ने छैन, निर्धारित समयमा हुनेछ।’

    निर्वाचन निष्पक्ष र भयरहित वातावरणमा हुने बताएका प्रधानमन्त्री देउवाले निर्वाचनलाई शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न सबै तह र तप्काको सहयोग आवश्यक हुने बताए।

    नगरपालिका मेयर शिवप्रसाद ढकालका अनुसार शिलान्यास गरिएको भवन नगरपालिका–८ स्थित करिब २७ करोड रुपैयाँ लागतमा निर्माण हुनेछ।

    त्यसैगरी प्रधानमन्त्री देउवाले सुन्दरहैंचा वडा नम्बर १ सलकपुरमा नगर अस्पतालको उद्घाटनसमेत गरेका छन्। ३५ शय्याको अस्पताल निर्माणमा ३५ करोड रुपैयाँ खर्च भएको कार्यक्रममा जानकारी दिइएको छ।