व्यास नगरपालिकाका मेयर न्यौपानेलाई खुला पत्र !
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    व्यास नगरपालिकाका मेयर न्यौपानेलाई खुला पत्र !

    आरके पाेख्रेल

    ७ चैत्र २०७८, मंगलवार

    मेयर साप हार्दिक अभिवादन !
    जनताको मतले आजभन्दा ठिक ५ वर्ष अगाडी तपाईलाई व्यास नगरपालिकाको मेयरमा निर्वाचित गरेका हुन् भन्नेकुरा हामिले त बिर्सिएका छैनौं । सायद चुनावी रौनक छ तपाईंले पनि चाहेर पनि बिर्सन सक्ने अवस्थामा हुनुहुन्न भन्ने म अबुझको पूर्ण विश्वास नै छ । खास गरेर आदिकवि भानुभक्त क्याम्पसको सफल नेतृत्व गरिसक्नुभएकै कारण तपाईंबाट तनहुँवासीले अलिक धेरै नै अपेक्षा गरेका थिए होला तर अबुझ जनताले विद्वान व्यक्तिप्रति गरेको अपेक्षा सहि थियो वा गलत थियो आगामी दिनमा जनताको भाव व्यक्त हुने नै छ । बौद्धिक व्यक्तित्वको राजनीति र प्रशाशनिक क्षमतामा म बबुरोले प्रश्न उठाउन सक्ने हैसियत त के नै होला र तर पनि व्यास नगरपालिका तनहुँको सदरमुकाम दमौलीमा पर्छ भन्ने म अज्ञानीलाई पनि राम्रोसँग थाहा नै छ ।

    मेयर साप ! तनहुँको सदरमुकाम दमौलीमा नै भएको यो नगरपालिका सिङ्गो तनहुँको समग्र विकास र समृद्धिको नेतृत्व गर्नुपर्छ, व्यासनगरपालिकाले देखाएको बाटो र कोरेको सपनामा तनहुँका १० वटै स्थानीय तहहरु कुद्न तयार नै थिए र छन् पनि किनकी तनहुँ भन्ने बित्तिकै दमौली भन्ने आउँछ नै यो सदरमुकाममा रहेको नगरपालिकाको मेयरको सिको देशै भरी गरुन् र तनहुँको जस्तै बिकास र समृद्धिको योजना बनाइएको छ भनेर अन्य स्थानीय तहहरुले पनि गर्व गरून् भन्ने हाम्रो चाहाना थियो । भलै तपाईंको र मेरो राजनीतिक आस्था फरक छ तर मेयरसाप तपाईं स्थानीय सरकारको प्रमुख हो भोट दिएका जनताको पनि हो र नदिएका जनताको पनि मेयर तपाईं नै हो ?

    फेरि अर्को प्रश्न आउँला मेरो नगरबासी त होइन भन्ने ? म मजदुर, सर्वहारा जनताको प्रतिनिधि हुँ मैले विश्व आन्दोलनको चासो राख्छु जनताको सवालमा जनजिबिकाको सवालमा विशेषत तनहुँको गतिविधिको सवालमा मेरो प्रश्न रहन्छ नै र चासो पनि ?

    मेयर सापको तनहुँको सवालमा व्यास नगरपालिका भित्र पर्ने दमौलीमा निर्माणाधिन सभागृहको नाम “ विपी सदन“ राख्ने तपाईंको प्रस्तावले तपाईंलाई नै जिस्काईरहेको छ । तनहुँको दमौली व्यास नगरपालिका भित्र त पर्छ नै तर व्यास नगरपालिकाको मात्रै पेवा हो भन्ने ठान्नुभएको हो भने यो भ्रम हो । विपी राजनीतिक व्यक्तितब मात्रै होइनन् साहित्यकार पनि हुन् भन्ने कुरा हामिले पढेका किताबहरुमा समावेश गरिएको उहाँको जीवनी र कृतिहरुले बताउछ नै तर विपिको नाम सम्झने तपाईंले आदिकवी भानुभक्त आचार्यको नाम कसरी बिर्सनुभयो ? कसरी बिर्सनुभो जनकवी गोकुल जोशी, अनि क्रान्तिपुरुस एक देव आले, तनहुँका क्षेत्रप्रताप अधिकारी ?

    तपाईंले फालेको राजनीतिक तुरुप नै हो भने पनि सहि ठाउँमा यो तुरुपले काम गरे जस्तो लागेन मेयर साप ? काठमाडौ बस्नेले ताप्लेजुङ र दार्जुला बस्नेले सम्झिरहने आदिकवि,जनकवी,क्रान्तिपुरुष र युगिन साहित्यकार हरुलाई तपाईंले सजिलै बिर्सनुभएकोमा मलाई भने गहिरो दुख लागेकै छ । मैले भनिसकेको छु नि मेयर साप तपाईंले र मैले बोकेको झण्डा फरक छ तर मेयरसाप तनहुँका यी हाम्रा व्यक्तितब हाम्रा सम्पती हुन् सम्पतिलाई नबुझ्ने गरि आस्था फरक साध्ने र जुँगाको लडाइँ लड्ने प्रवृत्ति म मा छैन ।

    मेयर साप तपाईंले विपि सदन भन्दै गर्दा मैले मदन भण्डारी सदन र मनमोहन अधिकारी गृह अनि जिवराज आश्रति बिश्रामस्थल भनेर नाम सिफारिस गर्न सकिन नि ? किनकी म तनहुँको साझा बनोस् बन्दै गरेको सभाहल भन्ने सफा हृदय बोकेर उभिएको छु । राजनीति कुनै बेला काग्रेसको किल्ला मानिने तनहुँ गएको निर्वाचनमा भत्किएको जानकारी नै हुनुहुन्छ नि तपाईंले भन्दै गरेको व्यास नगरपालिका भोलि तपाईंको किल्ला नरहने निश्चित प्राय नि छ । तर हामी मदन भण्डारी सदन राख्ने पक्षमा छैनौं । मनमोहन अधिकारी राख्ने पक्षमा छैनौ ? अनि छैनौ जिवराज आश्रति राक्ने पक्षमा पनि ? वैशाख ३० गते तपाईं बिदाई हुँदै हुनुहुन्छ किन जाने बेलामा पनि …..?

    अन्त्यमा – तनहुँका अझै कतिपय मैले भन्न नसकेका बिर्सीएका हाम्रा शिखर व्यक्तित्वहरुको नाम छन् ती नामहरुको विषयमा छलफल होस् र बन्दै गरेको सभाहलको नाम राखियोस । तनहुँको इतिहास र बिरासत मेटाउने छुट कदापि कसैलाई छैन आगे यहाँको मर्जी ।

    लेखक नेकपा एमाले तनहुँ जिल्ला कमिटी सदस्य एवं अनेरास्ववियु गण्डकी प्रदेश कमिटी सचिव हुन् ।