दमौली । नेपाल राष्ट्रिय उद्योग व्यवसायी संघ व्यास नगरको अध्यक्षमा रमेशकुमार श्रेष्ठ चयन भएका छन् । मंगलबार भएको अधिवेशनबाट श्रेष्ठको अध्यक्षतामा २५ सदस्यीय कमिटी गठन गरिएको छ ।
जसको उपाध्यक्षमा विनोद विक, कृष्णकुमार श्रेष्ठ, सचिवमा भिम गुरुङ, कोषाध्यक्षमा हर्कमान श्रेष्ठ, सहकोषाध्यक्षमा कर्ण श्रेष्ठ, सहसचिवमा सुदिप पौडेल चयन भएको राष्ट्रिय उद्योग व्यवसायी संघ तनहुँका उपाध्यक्ष कविराज श्रेष्ठले जानकारी दिए ।