ट्रकको ठक्करबाट गुणादीमा मोटरसाइकल चालकको मृत्यु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    ट्रकको ठक्करबाट गुणादीमा मोटरसाइकल चालकको मृत्यु

    खबरपुञ्ज संवाददाता

    १५ चैत्र २०७८, बुधबार

    दमौली । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको म्याग्दे गाउँपलिका–१ तल्लो गुणादीमा बुधबार दिउँसो ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । पोखराबाट दमौलीतर्फ आउँदै गरेको ग ५ प ६०८३ नम्बरको मोटरसाइकललाई सोही दिशाबाट आउँदै गरेको ना ३ ख ४६९१ नम्बरको ट्रकले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको हो ।

    मृत्यु हुनेमा ऋषिङ गाउँपालिका-२ का १९ वर्षीय तारन थापा रहेको प्रहरीले जनाएको छ। ट्रकको ठक्करबाट घाइते मोटरसाइकल चालकलाई उपचारका लागि दमौली अस्पताल लगिएकामा चिकित्सकले दिउँसो ३ः५५ बजे मृत घोषणा गरेको प्रहरीले जनाएको छ । ट्रक चालक तत्काल फरार रहेपनि अहिले प्रहरीको सम्पर्कमा रहेका छन् ।