दमौली । नेपाली कांग्रेसले गठन गरेको स्थानीय तह निर्वाचन परिचालन समितिमा तनहुँका शंकर भण्डारी र प्रदीप पौडल चयन भएका छन् । सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले उपसभापति पूर्णबहादुर खड्काको संयोजकत्वमा गठन गरेको उक्त समितिको सदस्यमा केन्द्रीय सदस्यद्वय भण्डारी र पौडेललाई मनोनित गरेका हुन् ।
उक्त समितिमा तनहुँका अन्य दुई केन्द्रीय सदस्य गोविन्द भट्टराई र ध्रुव वाग्ले भने समेटिएनन् ।