यी हुन् एमालेबाट शुक्लागण्डकीको मेयर/उपमेयरका आकांक्षी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    यी हुन् एमालेबाट शुक्लागण्डकीको मेयर/उपमेयरका आकांक्षी

    खबरपुञ्ज संवाददाता

    २७ चैत्र २०७८, सोमबार

    दुलेगौडा । शुक्लागण्डकी नगरपालिकाको मेयरमा नेकपा एमालेबाट पाँच जना आकांक्षी देखिएका छन् । नगर कमिटीको आइतबार बसेको बैठकमा पाँज जनाले मेयरमा र चार जनाले उपमेयरमा नाम दर्ता गराएका छन् ।

    मेयरको लागि केन्द्रीय सदस्य एवं हालकी उपमेयर सविता रसाईली, नगर कमिटीका अध्यक्ष मुक्ति तिमिल्सेना, गण्डकी प्रदेश कमिटीका सदस्यद्वय रामचन्द्र उपाध्याय र श्यामराजा महत र जिल्ला कमिटीका सचिवालय सदस्य देवलाल खनालले नाम दर्ता गराएका छन् ।

    त्यस्तै उपमेयरको लागि कमल ढकाल, हर्क गुरुङ, विष्णुमाया पराजुली र फूलमाया वाग्लेले नाम दर्ता गराएको नगर कमिटीका अध्यक्ष तिमिल्सेनाले बताए ।

    दुवै पदमा एक/एक जनामा सहमति नभएपछि दर्ता भएका सबै आकांक्षीको नाम जस्ताको तस्तै जिल्ला कमिटीमा पठाईने र जिल्ला कमिटीले राय सहित प्रदेशमा पठाउनेछ ।

    २०७४ सालको निर्वाचनमा कांग्रेस र माओवादीबीच गठबन्धन भएर मेयरमा कांग्रेसका किसान गुरुङ निर्वाचित भएका थिए। उपमेयरमा भने माओवादीकी सर्वदा खनाल पराजित भएर एमालेकी सविता रसाइली निर्वाचित भएकी थिइन्।

    १२ मध्ये सात वडा एमाले, तीन वडा कांग्रेस र दुई वडा माओवादीले जितेको छ ।