चैत्र २८ को स्मरण
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • विचार

    चैत्र २८ को स्मरण

    राजेन्द्र जमरकट्टेल

    २७ चैत्र २०७८, सोमबार

    आकास  मडारिदै , कालो बादल ले घेरा हाल्दै
    अशुभ समाचार बोकेर आएको तो दिन
    चैत्र २८ हाम्रो र समाज कै मियो ढलेको दिन !!
    बैचारिक भिन्नतामा ,मानवता माथी
    उग्रबाद को उदण्डताले प्राण लुटेको त्याे  दिन !!

    बिकास र शिक्षा प्रेम को दियो निभाई
    क्रान्तिको नाममा समाजकै उज्यालो लुटिएको तो दिन
    राजनितीनिकास  बाट बिकास खोज्दै गर्दा
    जनक्रान्ति का कुरुप तुरुप हरुले
    यात्रा मै जिवन लुटेको त्याे दिन !!

    ब्यास मार्गमा गुडीरहेको बस रोकी
    राजनितीक यात्रा को जिवन सकिएको दिन
    बैचारिक ,बिश्वासमा नझुक्ने तो शिर
    बन्दुकको गोली सग नझुकी नडगमगाई
    साहस देखाई ,हिम्मत न हारी कध उच्च राखेको त्याे दिन !!

    रणभुमि मा प्रहार भईरहॅदा ,रगत को भेल बग्दा पनि
    प्रजातन्त्र र समाजबादको बिश्वासले शिर
    नझुकाएको तो दिन
    काग्रेस सगै बिकास बोकी हिड्दा
    समाजकै शिक्षाको लागी ,बिद्रोही बाट
    प्राण लुटाएको त्याे दिन !!

    माओबादका बाछिट्रा हरुको घेराबन्दी सगै
    बसबाट झारेर हानिएका गोलाका छर्रा हरु ले
    शरिर छेदन गर्दै , रगाताम्य हुदा
    दुलै पानीको पानी पिई जिन्दगीकै
    अन्तिम अन्तिम तिर्खा मेटाएको त्याे दिन !!

    पक्कै सहज थिएन होला तो समय
    देख्ने ले पनि आवाज रोकी ,
    आखा भित्र आसु लुकाएको तो दिन
    गोली ले छेडेको शरिरको दुखाई
    साथीभाई ,दिदी बहिनी को सामु
    पिडा नपोखी लुकाएको त्याे दिन !!

    मुटु अन्तिम प्रवाह सगै प्रियजनको काखमा
    अझै अघि बढनु छ भनि
    हिम्मत जुटाएको त्याे दिन
    सुबदार्नी दिदी को पटुका च्याती
    गोली ले छेडेका पेटका  प्वाल छोप्दा को तो क्षण
    पक्कै सहज थिएन होला परिवारको विहिनतामा
    आफ्नै प्रियजनको काखमा अन्तिम पल र बाक्य बिसाएको त्याे दिन !!

    परिवार नभनि साथीभाई भन्दा भन्दै
    जिन्दगीकै यात्रा लुटिएको तो दिन
    समाज ,पार्टी का लागी समपर्ण हुदै गर्दा
    बाटा घाटा स्कुल र  ,पुल र कुलेसा सग
    सपना साटदै गर्दा बाटै बाट
    आफुलाई लुटिएको दिन  !!

    काग्रेसी हरुले कोषाध्यक्ष गुमाएको दिन
    जिल्लाबासी ले गरिबसग विश्वेश्वर कार्यक्रमका सहयोजक बिद्रोहीको हात
    बाट लुटाएको दिन
    ब्यास मार्ग ले आफ्नै एक जननी
    आफ्नै काखमा रगाताम्य पारेर छोडदा
    उठाउन साहस गुमाउनु परेको त्याे दिन !!

    आमा हरुको सिउदो पुछिएको तो दिन
    हाम्रो आदर्शप्रेम र भबिष्य लुटिएको तो दिन
    आफन्त हरुले प्रियजन र माटो ले सुगन्ध
    हराएको त्याे दिन
    हितैसी र साथी हरुको मन रुवाएको तो दिन
    सम्झिने र सम्झाईरहने इतिहास त्याे दिन चैत्र २८ !!

     क्रान्तिका बाछिटा हरुले अनायक
    लुटिएको हाम्रो खुशी ,सगै उजाडिएको सिसाघाट अनि तो दिन
    क्रुर पिडा र आक्रमण सग लडेका
    स्वर्गिय तिल बहादुर शाही लाई दिएको पिडा
     सम्झदा झल्झली रोएका मन हरु
    साहस गुमाएर ,समाजनै मुखदर्सक बनेको तो दिन !!
    प्रतिशोध राख्ने कुलाड्गार सोच हरु
    बलिदान दिने हरुसग प्रश्चताप गर्दै होलान
    अनुहार झुकाएर ,समपर्ण खोजिरहेछ ति कुकर्मी हरु ,
    सम्झिएर इतिहासको त्याे दिन !!

    बर्षौ मुख दर्सक बनेको हाम्रो समाज
    आज ति पिडा बिर्षिएर ,हास्न खोजिरहेछ
    सम्झिएर त्याे कालो दिन
    यो भुगोल ,यो माटो आफ्नै अतित सगै
    सिसाघाट उपत्यका को बिकास खोज्दै
    सहिद बिष्णु जमरकट्टेल को सम्झना मा
    आफु भित्र आफै लाई खोजिरहेछ
     खोजीरहेछ !! खोजिरेछ !!