भानु । भानु नगरपालिकाको मेयरका लागि नेकपा एकीकृत समाजवादीबाट श्रीराम पौडेल सर्वसम्मत सिफारिस भएका छन् । सो पार्टीको सोमबार बसेको बैठकले पौडेललाई मेयरमा सर्वसम्मत सिफारिस गरेको हो।
विगत लामो समयदेखि भानुमा क्रियाशील पौडेल तनहुँ काठमाडौ सम्पर्क मञ्चका अध्यक्ष हुन् । भानु नगरपालिका-८ निवासी पौडेललाई मेयरको सिफारिस गरेसँगै भानुको राजनीति तरङ्गित बनेको छ। उनी भानु क्षेत्रमा लोकप्रिय छन् ।
पौडेलले भने, ‘भानुवासीको जीवनमा परिवर्तन ल्याउन र खुशीयाली ल्याउनु नै मेरो मूल लक्ष्य हो।’
विद्यार्थीकालमा अनेरास्ववियुबाट राजनीतिमा प्रवेश गरेका पौडेल समाजसेवामा पनि सक्रिय छन्। पौडेल नेपाल जेसीजको मुख्य तालिम आयुक्त, सन् २०१८ को महासचिव, बालाजु जेसीजको संस्थापक पनि हुन् ।