एमाले भिमाद : मेयर उम्मेदवार छान्न मतदान, इमान र दधिराज सिफारिस
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    एमाले भिमाद : मेयर उम्मेदवार छान्न मतदान, इमान र दधिराज सिफारिस

    खबरपुञ्ज संवाददाता

    २७ चैत्र २०७८, सोमबार

    भिमाद । नेकपा एमाले भिमाद नगर कमिटीले आसन्न स्थानीय तह निर्वाचनमा मेयरको उम्मेदवार छनौटका लागि मतदान गरेको छ । मेयरमा आठ जना आकाङ्क्षी भएपछि भिमाद नगर कमिटीले साेमबार मतदानमार्फत् दुई जनाको नाम जिल्ला कमिटीमा सिफारिस गरेको हो ।

    मतदानमार्फत् भिमाद नगर कमिटीका अध्यक्ष इमानबहादुर थापा र दधिराज सुवेदी मेयरका लागि सिफारिस भएका छन् । थापाले ५७ र सुवेदीले ५८ मत प्राप्त गरेका छन् । वर्तमान मेयर मेखबहादुर थापाले ३६ मत प्राप्त गरे । उनी मेयर उम्मेदवारबाट रिङ आउट भएका छन् ।

    यसैगरी उपमेयरमा शारदा खनाल, नारायणी गैह्रे र चन्द्रावती श्रेष्ठ सिफारिस भएका छन् । एमालेको विधान बमोजिम मेयर उपमेयरमा दुई पुरुष र एक महिला उम्मेदवार सिफारिस गर्नुपर्ने प्रावधान थियो । सबै उम्मेदवारबीच छलफल भएपनि सहमति नभएपछि मतदानमार्फत् उम्मेदवार सिफारिस गरिएको बताइएको छ ।