घिरिङ । नेकपा एमाले घिरिङ गाउँ कमिटीले मतदानमार्फत् अध्यक्ष र उपाध्यक्षका उम्मेदवार सिफारिस गरेको छ । अध्यक्षमा दश जना आकाङ्क्षी भएपछि गाउँ कमिटीले साेमबार मतदानमार्फत् उम्मेदवार टुङ्गो लगाएको हो ।
अध्यक्षका लागि वर्तमान अध्यक्ष रनबहादुर राना र होमबहादुर थापा सिफारिस भएका छन् ।
उपाध्यक्षमा भने वर्तमान उपाध्यक्ष सरस्वती सिग्देल सिफारिस हुन सकिनन् । उपाध्यक्षका लागि दुर्गामाया थापा, सुकमाया गुरुङ र राधा अधिकारी सिफारिस भएकी छन् ।