दमाैली । रोटर्याक्ट क्लव अफ दमौलीको अध्यक्षमा विशाल श्रेष्ठ चयन भएका छन् । क्लवको वर्ष २०२२/२३ का लागि श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको छ ।
क्लवको उपाध्यक्षमा श्रीराम गन्धर्व, विशाल खत्री, धिरज श्रेष्ठ, सचिवमा किरण श्रेष्ठ, कोषाध्यक्षमा सुनिता आचार्य, सहसचिवमा विष्णु गिरी, सहकोषाध्यक्षमा गोविन्द तिमिल्सिना चयन भएका छन् ।
नयाँ कार्यसमितिकाे कार्यकाल जुलाई १ बाट सुरु हुनेछ ।