दमौली । एक सय वर्ष पुगेका भीमबहादुर बस्नेतलाई राप्रपा तनहुँले सम्मान गरेको छ। राप्रपा तनहुँका संस्थापक अध्यक्ष बस्नेतलाई घरमै पुगेर मंगलबार सम्मान गरिएको हो ।
राप्रपा तनहुँका अध्यक्ष विनोद घर्तीले बस्नेतलाई सम्मानपत्र प्रदान गरे । बस्नेतले राप्रपालाई देखाएको माया र सद्भावले हौसला मिलेको घर्तीले बताए ।