दमाैली । स्थानीय तह निर्वाचनमा सत्ता गठबन्धनले तय गरेको भागबण्डा मापदण्डअनुसार नेकपा एसले तनहुँका चार वडाध्यक्षमा उम्मेदवार पाउने पक्का भएको छ ।
एमालेबाट फुटेर नेकपा एसमा लागेका जनप्रतिनिधिकाे पदमा नेकपा एसकै उम्मेदवार बनाउने गठबन्धनको भागबण्डा मापदण्ड कायम गरिएकाे छ । उक्त मापदण्ड अनुसार नेकपा एसले व्यासमा एक, भानुमा एक र शुक्लागण्डकीमा दुई वडाध्यक्ष पाउने पक्का भएकाे छ ।
व्यास-४, भानु-१२, शुक्लागण्डकी-७ र ११ मा एमालेबाट जितेका वडाध्यक्ष अहिले नेकपा एसमा छन् । यसअघि एमालेले जितेका पालिका आफूहरुले पाउनुपर्ने नेकपा एसकाे माग छ ।