जग्गा प्रशासन तथा लिखत पारितको शतवार्षिकीको अवसरमा मालपाेतमा सरसफाइ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    जग्गा प्रशासन तथा लिखत पारितको शतवार्षिकीको अवसरमा मालपाेतमा सरसफाइ

    खबरपुञ्ज संवाददाता

    २९ चैत्र २०७८, बुधबार

    दमाैली । मालपोत कार्यालय तनहुँले बुधवार जग्गा प्रशासन तथा पारित/रजिष्ट्रेशनको शतवार्षिकीको अवसरमा सरसफाई कार्यक्रम सम्पन्न गरेको छ । वि.सं. १९९७ साल बैशाख १ गते देखि पोता रजिष्ट्रेशनको रुपमा पहिलो लिखत पारित भई १ सय वर्षको गौरवपूर्ण इतिहास पार गरेको अवसरमा शतवार्षिकी कार्यक्रम मनाइएको हो ।

    सरसफाइ कार्यक्रममा बोल्दै मालपोत अधिकृत खेम बहादुर खत्रीले प्राचिन ऋषिमुनीहरुको कालदेखि नै राज्यको आयको प्रमुख स्रोत नै जग्गा रहेको र कर उठाएर राज्य सञ्चालन भएको बताए ।

    कार्यक्रममा लेखापढी व्यवसायी जिल्ला कार्यसमितिका अध्यक्ष सरयु पौडेल, निवर्तमान केन्द्रीय उपाध्यक्ष माया सोती, गण्डकी प्रदेश समिति सदस्य नरबहादुर रानभाट, विजय अधिकारी लगायतले कार्यालयले सेवाग्राहीलाई अनलाइन प्रणालीमार्फत सहज रुपमा सेवा प्रदान गरेको र छोटो समयमा नै कार्यालयको मुहार फेरिएको बताए ।