२०७९ मुलुकलाई समृद्धिको दिशामा अघि बढाउने वर्ष हुनेछ : श्रममन्त्री श्रेष्ठ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    २०७९ मुलुकलाई समृद्धिको दिशामा अघि बढाउने वर्ष हुनेछ : श्रममन्त्री श्रेष्ठ

    खबरपुञ्ज संवाददाता

    २९ चैत्र २०७८, बुधबार

    दमाैली । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले २०७९ मुलुकलाई समृद्धिको दिशामा अगाडी बढाउने वर्षको रुपमा परिणत हुने बताएका छन् । नयाँ वर्षको अवसरमा शुभकामना दिँदै मन्त्री श्रेष्ठले मुलुकलाई लोकतान्त्रिक विधिबाट समृद्विको दिशामा अघि बढाउने अवसरका रुपमा महत्वपूर्ण उपलब्धि हासिल गरेको वर्ष बन्न सकोस् भन्ने कामना गरेका हुन् ।

    तनहुँ क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य समेत रहनुभएका मन्त्री श्रेष्ठले २०७९ तीन वटै तहको चुनाव हुने वर्ष भएकाले देशको राजनीति इतिहासमा महत्वपूर्ण वर्ष हुने विश्वास व्यक्त गरे ।

    श्रममन्त्री श्रेष्ठले भने, “गत वर्ष श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीका रुपमा मैले वैदेशिक रोजगारी व्यवस्थापन, आन्तरिक रोजगारी प्रबद्र्धन, सेवा प्रवाहमा सुधार तथा सामाजिक सुरक्षाको क्षेत्रमा गरेका प्रयासहरुले यो क्षेत्रलाई समृद्ध बनाउन आधार निर्माण गरेको छ । नयाँ वर्ष २०७९ सालमा पनि यहाँहरुबाट निरन्तर हौसलापूर्ण साथ, सहयोग र सद्भाव पाउने विश्वास व्यक्त गर्दै शुभकामना व्यक्त गर्दछु ।”