खैरेनीमा योग विज्ञान शिविर सुरु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • शुक्लागण्डकी

    खैरेनीमा योग विज्ञान शिविर सुरु

    खबरपुञ्ज संवाददाता

    १ बैशाख २०७९, शुक्रबार

    दुलेगाैडा । पतञ्जली योग समिति शुक्लागण्डकी, शुक्लागण्डकी नगर उद्योग वाणिज्य सङ्घ र शुक्लागण्डकी नगरपालिकाको संयुक्त आयोजनामा खैरेनीटारमा बिहीबारदेखि निःशुल्क योग विज्ञान शिविर सुरु भएको छ । शुक्लागण्डकी नगरपालिका–७ स्थित सरस्वती नमूना माध्यमिक विद्यालयमा सुरु शिविर वैशाख ५ गतेसम्म सञ्चालन हुनेछ ।

    शिविर प्रत्येक दिन बिहान ५ बजेदेखि ७ बजेसम्म सञ्चालन हुने शुक्लागण्डकी नगर उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष सुजित हिराचनले जानकारी दिए । ‘योग गरौं ः निरोगी रहौ’ भन्ने नारासहित योगको बारेमा प्रचारप्रसार गर्दै स्वस्थ रहन उत्प्रेरित गर्ने उद्देश्यले शिविर आयोजना गरिएको हिराचनले बताए ।

    May be an image of 1 person and outdoors

    जुनसुकै उमेर र क्षमताका महिला तथा पुरुषहरु निरोगी भएमा सधैं स्वस्थ रहन, रोगी भएमा रोगबाट छुटकारा पाउन योगको आवश्यकता रहेको बताइन्छ । “तनाव व्यवस्थापन गर्न, सकरात्मक सोचको विकास गराउन, जीवन पद्धतिमा परिवर्तन ल्याउन पनि योग आवश्यक छ,” हिराचनले भने, “योगले आत्मविश्वास बढाउनुका साथै प्रतिभा प्रस्फूटन गराउन पनि सहयोग पुग्छ ।”

    May be an image of 1 person and grass
    May be an image of one or more people, people standing and outdoors

    शरीरमा रक्तसञ्चार बढाउन, शरीरका सबै अङ्गमा अक्सिजनको मात्रा पु¥याउन र रोग प्रतिरोधात्मक क्षमता बढाउन, विभिन्न प्रकारका रोगहरु जस्तै टाउको दुखाइ, कब्जियत हुने, घुँडा दुखाइ, मधुमेह सम्बन्धी समस्या निराकरणका लागि नियमित योगको आवश्यकता रहेको बताइएको छ ।

    ढाड, कम्मरको दुखाइ, यौनजन्य समस्या, पिसाब आदिसँग सम्बन्धित समस्या, स्त्री रोग, प्रोष्टेट ग्रन्थी तथा हर्निया सम्बन्धी समस्याबाट मुक्त हुन योग गर्नुपर्ने योग गुरु बताउँछन् ।