दमाैली । मालपोत कार्यालय तनहुँले शुक्रबार पहिलाे सेवाग्राहीलाई सम्मान गरेकाे छ । जग्गा प्रशासन तथा पारित/रजिष्ट्रेशनको शतवार्षिकीको अवसरमा कार्यालयले सेवाग्राहीलाई सम्मान गरेकाे हाे ।
लिखत गरि दिने विक्रीकर्ता घिरिङ गजरकाेटका तिलबहादुर श्रेष्ठ र लिखत गराई लिने खरिदकर्ता बाबुराम श्रेष्ठलाई मालपोत कार्यालय तनहुँका मालपोत अधिकृत खेम बहादुर खत्रीले खादा अाेढाई सम्मान गरेका हुन् ।
विसं १९७९ साल वैशाख १ गतेदेखि पोता रजिष्ट्रेशनको रुपमा पहिलो लिखत पारित भई १ सय वर्षको गौरवपूर्ण इतिहास पार गरेको अवसरमा मालपाेत कार्यालयले तीन दिन विविध कार्यक्रम गरेकाे थियाे ।