जितेका पालिकाकाे नेतृत्व आफैसँग रहने गरी गठबन्धन गर्ने काङ्ग्रेस तनहुँको निष्कर्ष
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    जितेका पालिकाकाे नेतृत्व आफैसँग रहने गरी गठबन्धन गर्ने काङ्ग्रेस तनहुँको निष्कर्ष

    खबरपुञ्ज संवाददाता

    २ बैशाख २०७९, शनिबार

    दमाैली । नेपाली काङ्ग्रेस तनहुँले आफूले जितेको पालिका आफैसँग रहने गरी गठबन्धन गर्ने निर्णय गरेको छ । काङ्ग्रेस तनहुँको शनिबार सम्पन्न विस्तारित बैठकले गत निर्वाचनमा काङ्ग्रेस विजयी भएको पालिका आफैसँग रहने गरी अन्यमा सल्लाह गर्न सक्ने निष्कर्ष निकालेको हो ।

    काङ्ग्रेसले जितेका पालिका छाडेर गठबन्धन गर्न नसकिने बैठकले निष्कर्ष निकालेको छ । “काङ्ग्रेसले जितेका ठाउँ छाडेर जाने मर्म छैन, सत्ताका लागि मात्रै गठबन्धन गर्ने होइन, मतभारका आधारमा गठबन्धन गर्ने अधिकांशको जोड रह्यो,” जिल्ला सचिव लक्ष्मीभक्त खनालले भने।

    सत्तारुढ दलको गठबन्धनले यसअगाडी तनहुँमा पटक–पटक बैठक गरी निर्वाचनमा मिलेर जाने सहमति गरेका थिए । गठबन्धनको बैठक आइतबार पुनः बस्दैछ ।

    विसं २०७४ सालको स्थानीय निर्वाचनमा नेपाली काङ्ग्रेसले देवघाट गाउँपालिकामा उपाध्यक्ष, आँबुखैरेनी गाउँपालिकामा अध्यक्ष, उपाध्यक्ष, भानु नगरपालिकाका प्रमुख, उपप्रमुख, व्यास नगरपालिकामा प्रमुख उपप्रमुख, म्याग्दे गाउँपालिकामा अध्यक्ष उपाध्यक्ष, शुक्लागण्डकी नगरपालिकामा प्रमुख, ऋषिङ गाउँपालिकामा अध्यक्ष उपाध्यक्ष जितेको थियो ।